काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रमा सुधार हुने देखिएको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यसवर्ष कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत रहने देखिएको छ।
गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.२४ प्रतिशत थियो। गैरकृषि क्षेत्रमा भने उच्च गिरावट आएको छ भने यसले समग्र आर्थिक वृद्धिदर प्रभावित हुने सरकारी आकडाले देखाएको छ।
गत आवमा गैरकृषि क्षेत्रको वृद्धिदर ६.५६ प्रतिशत रहेकोमा यसवर्ष घटेर १.९२ प्रतिशत मात्र रहने भएको छ। यसले समग्र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।