काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले मानव स्वास्थ्यको जस्तै पशुहरूको स्वास्थ्यबारे ख्याल गर्न आवश्यक रहेको बताएका छन्।
महिला पारा भेटेरीनरीयनहरुको दोस्रो राष्ट्रिय भेलामा बोल्दै मन्त्री भुसालले मानव जीवन र पशुको सम्बन्ध अन्योन्याश्रित हुने भएकाले मानवजत्तिकै पशुको स्वास्थ्यबारे पनि संवेदनशील हुनुपर्ने बताए।
मानवको स्वास्थ्यबारे बहस भइरहे पनि पशुहरूको स्वास्थ्य स्थिति र उनीहरूको उपचारबारे पर्याप्त छलफल नहुँदा रोग संक्रमणको जोखिम बढेको मन्त्री भुसाललको भनाइ छ।
‘मानिसले जीवन निर्वाह तथा व्यवसायका रूपमा पशुपक्षीको पालनपोषण गर्दा पशुको प्रत्यक्ष सम्पर्कमा हुन्छन्। रोगी पशुपक्षीको फूल, मासु तथा दूध सेवन गर्दा मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्छ। उक्त असरबारे हामीले सोचेकै छैनौं। पशुजन्य रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि पनि पशुसेवा क्षेत्रलाई मानव स्वास्थ्यजत्तिकै महत्त्व दिनुपर्छ,’ मन्त्री भुसालले भने।
विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा देखिएका १४१५ थरीका संक्रमणमध्ये करिब ६० प्रतिशत पशुबाट संक्रमण भएको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।