काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा बोल्दै गर्दा शब्द चयन गलत भएको भन्दै नेपाली काग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका छन्।
श्रेष्ठले संयुक्त समितिको नियमावलीमा संशोधन दर्ता गराएकी थिइन्। उक्त संशोधनका विषयमा बोल्न रोस्ट्रममा पुगेकी उनले ‘पागल’ शब्द प्रयोग गरेको भन्दै खतिवडाले नियमापत्ति गरेका थिए।
सभामुख देवराज घिमिरेले खतिवडाको नियमापत्तिमा ध्यानाकर्षण भएको भन्दै उक्त शब्दका विषयमा प्रष्ट पारेका थिए। सभामुखले सिधै कसैलाई आरोप नलगाएको भन्दै शब्द चयनमा सांसदलाई ध्यानाकर्षण गराए।
संशोधनमा आफ्ना कुरा राख्न रोस्ट्रोममा पुगेकी श्रेष्ठले ‘काम गर्ने आफ्नो तरिका नफर्ने, तर नतिजा भने फरक सोच्ने पागलपनको परिभाषा वाहेक केही नहुने’ बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।