काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको छ। प्रतिनिधि सभाको बैठकबाट शनिबार नीति तथा कार्यक्रम पारित भएको हो।
सरकारले सोमबार (जेठ १५ गते) बजेट घोषणा गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।