सेता लुगा लगाउनी
डाक्टरको पछि हिड्नी
अस्पतालमा सुई मात्र घुसाउनी
डाक्टरले भनेको दबाई मात्र दिनी
भनेर म चिन्दिन उस्लाई।
रुखो बोलि बोल्नी
बोलेको पैसा लाग्ला जस्तो गर्नी
स्टेशनमा बसेर गफै मात्र गर्नी
सोधेको प्रश्नको जवाफै नदिनी
अथवा बिरामीको मात्र स्याहार गर्नी
भनेर म चिन्दिन उस्लाई।
पढाई सकेर विदेशमा जानी
पीआर वाला रोजेर घरजम गर्नी
आफ्नो पेशाको घमण्ड गर्नी
"मैं हु" भनेर रवाफ लगाउनी
काम धेरै भो, पैसा कम भन्ने बैरागी
भनेर पनि चिन्दिन म उस्लाई।
मेरा लागि आम मानिस भन्दा अब्बल उ
कसैकी छोरी उ, कसैकी चेली
कहिले मैन जस्ती उ ,त कहिले चट्टान जस्ती
कहिले चुलबुले उ ,त कहिले घरमुली जस्ती
कहिले आफ्नी उ ,त कहिले पराई जस्ती
फरक समयमा उ ,फरक मानिस जस्ती।
मेरो लागि सहनशीलता को प्रतिमूर्ति उ
घर कि कान्छी उ, बिरामीको अभिभावक बन्छे
आमा कि प्यारी उ,अरु को अप्रिय बन्छे
घर कि लक्ष्मी उ,बाहिर को दानव बन्छे
अब्बल स्वास्थ्य कर्मी उ,
२-४ जना को निम्ति नौकरी गर्नी आम मानिस बन्छे
कसैको लागि धन्यवाद को पात्र उ,कसैको लागि गाली बन्छे।
मेरो लागि अनुशासनको प्रतिमा उ
२० बर्षे उमेरमा नया जीवनलाई रुदै स्वागत गर्छे
कालीलो उमेरमा हास्दै पाका उमेरलाई बिदाई गर्छे
आफ्नो मन मर्दै गर्दा नि उ मानिसलाई हसाउनु खोज्छे
बिरामी बाउ आमालाई छोडेर पराईलाई अपनत्व दिन्छे
२४ घन्टा आफू खटेर श्रेय सबै अरुलाई दिन्छे।
त्यसैले चिन्दिन म उसलाई अरु ले चिनेको रूपमा
म उसलाई बिल्कुलै फरक ढंगले चिन्छु
बिल्कुलै फरक ढंगले बुज्छु।
आम मानिस भन्दा अब्बल उ
सहनशीलता को प्रतिमूर्ति उ
अनुशासनको प्रतिमा उ
हिलोको बीचमा पनि कमल फुलाउनी साहस बोक्नी
अब्बल स्वाथ्यकर्मी उ।
निस्वार्थ स्वास्थ्यकर्मी उ।
लेखक: दीपिका खड्का– (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ अध्ययनरत विद्यार्थी )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।