काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले भरष्टाचारबिरुद्ध हाम फालेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवं २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताका हुन्।
उनले १० वर्षे युद्धका बेला को कतिबेला मारिने हो अत्तो-पत्तो नहुनेगरी हाम फालेजस्तै अहिले भ्रष्टाचारबिरुद्ध हाम फालेको बताएका हुन्। उनले भने, 'जनयुद्धमा जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौ । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन।'
उनले त्योबेला बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेको र अहिले पनि त्यही संकल्पका साथ अघि बढेको बताए। प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा साथ दिएजस्तै अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा जनताले साथ दिने दाबी गरे।
उनले थपे, 'जसरी १० वर्षे जनयुद्धमा लाखौं-करोडौं जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं।'
अहिले नदेखिएको बताउँदै केही समयभित्रै ठूला-ठूला एक्सन हुने बताएका छन्। त्यसले ल्याउने तरंग पनि ठुलै हुने उनको दाबी छ। आफूहरु नेतृत्वमा गएदेखि असफल पार्ने तत्व लागिपरेको उनको भनाइ छ। 'हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ,' उनले भने, 'तरपनि हामी ती घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौं। सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ छ।'प्रधानमन्त्री प्रचण्डले सहिदका सपना पूरा गर्न अन्तिम लडाइँ लड्नैपर्ने अवस्था आएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।