काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही सयमभित्रै भ्रष्टाचारविरुद्ध थप एक्सन हुन लागेको बताएका छन्।
प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवं २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन्।
उनले भने, '१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथितिविरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौ। हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन। जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौ।'
प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने दाबी गरे। उनले भने, 'जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौ, त्यसैगरी अब पनि हामी साथ पाउनेछौ। अहिले नदेखिएको मात्रै हो। केही समय भत्रै ठुला ठुला एक्सन हुनेछन्। त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।