काठमाडौं- नेकपा एमालेले शनिबार संसद अवरोध नगर्ने जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि एमालेले संसद अवरोध नगर्ने भएको हो।
शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
बैठकमा माओवादी सांसद लेखनाथको दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति पनि भएको छ। सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले शmुबार जवाफ दिने कार्यसूची रहे पनि माओवादी सांसद लेखनाथ दाहालले बुधबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको थियो।
सांसद दाहालले भनेका थिए, ‘उहाँ (केपी ओली) तीन वर्ष सरकारमा रहँदा यती, ओम्नी, स्वास्थ्य सामग्रीमा २ अर्ब भ्रष्टाचार, पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएको, यस्ता सयौं भ्रष्टाचारका काण्ड छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।