काठमाडौं- सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार जवाफ दिँदै छन्।
शनिबार दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिँदै छन्।
प्रधानमन्त्रीले शुक्रबार नै जवाफ दिने कार्यक्रम भएपनि एमालेको अवरोधले बैठक बस्न सकेन। बैठक सूचना टासेर स्थगित भएको थियो।
शुक्रबारको बैठक एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि ३ बजे र पुनः ६ बजेका लागि स्थगित भएको थियो।
तर तोकिएको समयमा बैठक बस्न नसकेपछि शनिबार अपराह्न ४ बजेका लागि स्थगित गरिएको हो।
नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाएका थिए।
सत्ता पक्षबाटै संसद्मा आधारहीन आरोप लागेको भन्दै एमालेले संसद् अवरोध गरेको हो। एमालेले पित्तलको जलहरी चढाएको प्रमाणित गर्न चुनौती दिँदै सावित नभए माफी माग्नुपर्ने माग राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।