काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले केन्द्रिय कार्यकारिणी समितिको वैठक बोलाएको छ। जेठ १४ गते (आइतबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको केन्द्रिय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न जसपाले बैठक बोलाएको हो।
पार्टी कार्यालयमा बस्ने बैठक दिनको १ बजे देखि सुरु हुने बस्नेतले जानकारी दिए। मधेस सरकारमा सरकार विस्तार, सत्ता गठवन्धनसँगको सहकार्य,नक्कली भुटानी शरणार्थी प्रकरणसहित अन्य विषयमा छलफल हुने बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।