काठमाडौं- नेकपा एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित प्रतिनधि सभाको बैठक तीन बजे बस्ने भनिएको थियो। तर, फेरि पनि तोकिएको समयमा नबसेसँगै अनिश्चित बनेको छ।
सत्ता पक्षका सांसद्ले पशुपतिमा सुनको जलहरीका सट्टा पित्तलको राखिएको आरोप लगाएपछि नेकपा एमालेले अवरोध गरेको थियो। उक्त विषयमा सरकारको धारणा माग गरेको एमालेले संसद् चल्न नदिने संकेत देखेपछि सभामुख देवराज घिमिरेले १२ः४५ बजे २० मिनेटका लागि स्थगित गरेका थिए।
तर, तोकिएको २० मिनेटमै समस्या समाधान भएन। भनिएको समयमा बैठक बस्न नसकेपछि सूचना जारी गरेर तीन घन्टाका लागि सारिएको बताइएको थियो। स्थगित गरिएको २ घन्टामा बैठक सुरु हुन नसकेपछि स्वत: स्थगित हुने व्यवस्था छ। सर्वदलीय बैठक लम्बिएका कारण उक्त सूचना जारी गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।