काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँले घटेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।