काठमाडौं- चिनियाँ दूतावासको प्रतिनिधिमण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेको छ। सुकेधारस्थित रास्वपाको कार्यालयमा नियाँ दुतावासका डिसिएम वाङ शिनसहितको टोली पुगेका हो।
छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल सहभागी थिए।
नियमित कुटनीतिक शिष्टाचारका लागि उनीहरु कार्यालय पुगेको रास्वपाले जनाएको छ। भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।