काठमाडौं- नेकपा एमालेले जेठ १२ र १३ गते स्थानीय तहका पदाधिकारीहरुलाई अनुशिक्षण दिने भएको छ। पार्टी कार्यालय च्यासलमा उक्त अनुशिक्षण कार्यक्रम राखिएको हो।
अनुशिक्षणको तुलसीलाल स्मृति हल च्यासलमा बिहान १०ः३० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।
स्थानीय तहमा निर्वाचित उनीहरुको एक वर्षे अनुभव सुन्दै विकासको एकीकृत अवधारणासहित देशभरी कसरी काम गर्ने भन्ने विषयमा छलफल हुनेछ। विभिन्न विषयमा विषयविज्ञले आफ्ना अवधारणाहरु समेत राख्ने कार्यक्रम रहेको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।