काठमाडौं– दिल्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंकर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजदूत शर्मा २०७८ चैत्र १८ मा दिल्ली पुगेका थिए।
राजदूत शर्मा र मन्त्री एस जयशंकरबीच बिहीबार भेटवार्ता भएको हो। उक्त भेटपछि सामाजिक सञ्जाल ट्विटरमा मन्त्री जयशंकरले बहुपक्षीय साझेदारीको विषयमा छलफल भएको उल्लेख गरेका छन्।
‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।