काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताए।
बुधबार माइतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउन पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताए।
उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताए।
उनले कृषि अर्थतन्त्र धराशायी बनेको बताए। उनले आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।
उनले भने, ‘उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेर हाम्रो कृषि अर्थतन्त्र पूरै धराशायी भएको छ। लाखौं मानिस विदेश पलायन हुन बाध्य भएका छन्। हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौं, यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्छ। यो संसारको नियम हो।’
पूर्वप्रधानमन्त्री पूर्वप्रधानमन्त्री डा भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।