काठमाडौं– प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी कांग्रेस सांसद अजयकुमार चौरासियाले रास्वपमा सांसद रवि लमिछोनको नागरिकताको विषय उठान गरेपछि रास्वपा सांसदले नियमाआपत्ति गरेका छन्।
आफ्नो मन्तव्य राख्ने क्रममा सांसद चौरासियाले नागरिकता त्यागेको निस्सा पेस नगरी पुन: नागरिकता लिएको भन्नेबित्तिकै रास्वपाले आपत्ति जनायो। उनले रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पैसा प्रकरण जोड्दै उक्त कुरा गरेका थिए।
चौरासिया भन्दै थिए, ‘म सोध्न चाहन्छु सम्बन्धित व्यक्तिहरुलाई उहाँहरुले के भन्नु हुन्छ। कुनै पनि पार्टीको पूर्व सांसदले कुनै पार्टीको नेतालाई समानुपातिकको सांसद बन्नलाई पैसा दिएको भन्ने आरोप लागेको छ। जसरी नागरिकता बदर भएर बाहिरको नागरिकता त्यागेको निस्साहरु पेस नगरिकन पुन: नागरिकता लिने काम गरियो र नागरिकता....’
यो बीचमा सांसद रवि लामिछानेले यो विषय अदालतमा विचाराधीन रहेकोले संसद्मा कुरा नउठाउन भन्दै आपत्ति जनाए। उनले भने,‘सम्मानित अदालतमा भएको विषयलाई रोष्टममा बसेर उठाएर माननीयज्यूले के कुरा गर्न खोज्नु भएको हो? यो सम्मानित अदालको अपमान हो कि उहाँले सुनेको भरमा बोल्न खोज्नु भएको हो? कि मेरो निस्सा तपाईंलाई बुझाउनु पर्ने हो?...’
लगत्तै सभामुखले पुन: चौरासियालाई बोल्ने समय दिए। र सभामुखले रविको कुरालाई ध्यानाकअकर्षण हुँदै बोल्न पनि भने।
तर चौरासिया त्यहिँ रोकिएनन् उनले पुन: थपे,‘मधेसमा कतिपय नागरिकता मुद्दा चलिरहेको हुन्छ। प्रत्येक नागरिकता मुद्दामा मान्छे थुनामा बस्नुपर्ने? कोही नागरिकता दोहोरो हुँदा पनि बस्नुनपर्ने? यहाँ के भएको थियो। मेरो हक पनि हो। एउटा समान्य मान्छेले सुसाइड नोट लेख्यो त्यसमा दोषी देख्यो भने त्यसलाई के हुन्छ? सबै नागरिक बराबर सरकारले गर्नुपर्छ। पुरानै नागरिकता नम्बर दिएको छ। पुरानै जारी मिति पनि दिएको छ भन्ने छ। मेरो सूसुचित हुने अधिकार छ। त्यसमा कसैले विरोध गर्दैमा मेरो सूचनाको हक कायमै रहन्छ।’
यो बीचमा पुन: रास्वपमाले नियमाआपत्ति जनायो। उसले विशेष गरी नागरिकताको विषय अदालतमा रहेकोले संसद्मा उठाउन नपाउने भन्ने थियो। यो बीचमा कांग्रेस सांसदहरु पनि उठे तर कसैलाई समय दिएनन् सभामुखले।
र यही बीचमा सभामुखले संसद्लाई सम्बोधन गर्दै भने, ‘अदालतमा विचाराधीन अवस्थामा रहेको विषयलाई सदनमा नउठाउनु हुन पुन: ध्यानाअकर्षण गराउँछु।’ र चौरासियालाई चेतावनी दिँदै पुन: पुरानो कुरा नउठाउन भन्दै बोल्ने समय दिए।
यता, रास्वपा सांसद टेबल ठटाएर बसे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।