रवि लामिछाने (फाइल तस्बिर)
काठमाडौं– सरकारको नीति तथा कार्यक्रम संसद्को बहसका आधारमा संशोधन हुने प्रचलन नरहेको सुनेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रवि लामिछानेले संसद्को बहसको वैधानिकतामा प्रश्न उठाएका छन्। सत्तारुढ दलका सांसदहरुले यस्तो बताइरहेको बताउँदै त्यस्तो अवस्थामा बहस गर्नुको औचित्य नरहेको उनले बताए।
उनले भने, ‘संसद्को बहसको महत्त्वपूर्ण यो समयको कुनै अर्थ छैन भने यहाँ २७५ जनाबीच कसले राम्रो बोल्ने भन्ने वक्तृत्वकला प्रतियोगिता हो?’
सरकारले संशोधन नगर्ने कुरामा आफूले विश्वास नगर्ने बताए। सच्याउने संसदीय अभ्यास नभएको सुनेको बताउँदै आफूहरु कर्माकान्डी अभ्यास सच्याउन आएका दल भएको बताए।
‘सच्याउनुपर्छ र सच्चिनुपर्छ भन्ने सरकारलाई लागेको छ भन्ने विश्वास छ। त्यही विश्वासका साथ आफ्ना कुरा राखिरहेको छु,’ उनले थपे।
नीति तथा कार्यक्रममा तात्विक भिन्नता नपाएको उनले बताए। ‘अघिल्लो वर्षकैलाई नीति तथा कार्यक्रमलाई निरन्तरता दिन्छु भनेको भए पनि गलत हुन्थेन,’ उनको टिप्पणी छ।
संसद्मा पूर्व प्रधानमन्त्रीहरुको छेडखानीले समय बर्बाद गरेको बताउँदै आफूले गरेका कुरा हेर्न सामुदायिक विद्यालय र सरकारी अस्पताल जान सुझाए। ‘३० वर्ष के गर्नुभयो भन्ने हेर्न कान्ति बाल अस्पताल वा विद्यालय जानुहोला। आफैंले चुनेको ठाउँ जानुहोला। त्यहीँ देखिन्छ,’ उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।