काठमाडौं– रास्वपा सांसद सोविता गौतमले विद्युतीय सवारीमा कर बढाउने चेष्टा नगर्न सरकारलाई आग्रह गरेकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले स्वार्थसमूह कर बढाउने खेलमा लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
विद्युतीय सवारीलाई राजश्वको संकलनले मात्रै पक्कै हेर्नु हुँदैन। वातावरणीय संरक्षणलाई पनि उत्तिकै टेवा पुर्याउँछ।
‘सके विद्युतीय सवारीको अहिलेको करको दर घटाइयोस् नसके पनि बढाउने चेष्टा गर्दै नगरियोस्,’ सांसद गौतमले भनिन्।
सरकारले २०२५ सम्ममा नेपालमा गुड्ने कुल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत र सार्वजनिक सवारीको संख्या २० प्रतिशत पुर्याउने राखेको तर करको दर बढाउने हो भने यो कुरा पक्कै सम्भव नहुने सांसद गौतमले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।