काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले जेठ १ गते नक्कली भुटानी शरणार्थीको विषयलाई लिएर आफूले संसदमा दर्ता गराएको संकल्प प्रस्ताव के हुन्छ भनेर प्रश्न गरेकी छिन्। उनले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै यस्तो प्रश्न गरेकी हुन्।
सांसद श्रेष्ठले भनिन,‘जेठ १ गते नक्कली भुटानी शरणार्थीको विषयलाई लिएर १० बुँदे निर्देशनका साथ मैले संकल्प प्रस्ताव दर्ता गराएको थिएँ। त्यो प्रस्ताव के भयो?’
उनले भनिन्, ‘गृहमन्त्री भन्नुहुन्छ, सभामुखको टेबलमा छ। सदनमा टेबल भएकै छैन। हाम्रो नियम ८२ अनुसार टेबल हुने नहुने तपाईंको निर्णयमा छ भन्ने उल्लेख छ। त्यो के कुराले अयोग्य भएको हो? के कुराले टेबल भएको छैन? जानकारी गराइयोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।