काठमाडौं– रास्वपा सचेतक सन्तोष परियारले तत्कालीन रुकुम पश्चिमका नवराज विक लगायत ६ जना युवाहरुको हत्या प्रकरणका दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १० का नवराज विक लगायत ६ जना युवाहरुको हत्या भएको थियो। सोही विषयलाई लिएर सांसद परियारले प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उक्त माग गरेका हुन्।
‘वर्षौंदेखिको जातीय विभेद विरुद्ध प्रेम गरेर समाजको रुपान्तरण गर्ने युवाहरुलाई जातकै कारण विभेद गरिएर मारिएको थियो। यो दिन राज्यले लज्जाबोध गर्नुपर्छ,’ सांसद परियारले भने, ‘उक्त घटनाको मुद्दा अहिले पनि किनारा लागेको छैन। दोषीहरु छुट्दैछन्। यस्ता घटनाका मुद्दालाई तत्काल किनारा लगाएर दोषीलाई कडाभन्दा कडा कारबाही होस्।’
साथै सांसद परियारले पछिल्लो संसदमा देवेन्द्र पौडेलको नेतृत्वमा संसद्को विशेष समिति बनाइएको र उक्त समितिले उक्त घटना जातीय विभेदकै कारण भएको हत्या भनेकोले दोषीलाई कसैगरी पनि कारबाही गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।