काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा भएको ठगीमा आईजी बसन्तबहादुर कुँवरको समेत नाम जोडिएर आएपछि छानबिन गरेर कारबाही गर्न संसदमा माग भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सांसद शिशिर खनालले कुँवर लगायत नाम उल्लेख भएका व्यक्तिहरुमाथि छानबिन गरेर कारबाही हुनुपर्ने उनले बताए। भुटानी शरणार्थी प्रकरणमा ब्लकबस्टर फिल्म नै देख्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलरमा उत्साहित भएको तर यो फिल्मको दृश्य काँटछाँट गरेर फिल्म नै साह्रै बकबास हुन थालेको उनले बताए ।
‘राश्वपाले यो फिल्म हेरेर बस्दैन। आइजीपी, पूर्वमन्त्री, पूर्वसचिव, पूर्वमेयर, पूर्व स्वकीय सचिव सबैमाथि नो इफ नो बट तुरुत छानबिन र कारबाही होस्’ पूर्व शिक्षामन्त्री समेत रहेका खनालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।