काठमाडौं– सांसद तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधीले पछिल्लो संसदबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित हुनुपर्नेमा ध्यानाकर्षण गराएका छन्। उनले यो विधेयक संसदमा फिर्ता आउनु नहुने पनि बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद निधीले उक्त ध्यानाआकषर्ण गराएका हुन्।
‘राष्ट्रपतिको सल्लहाकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् नै हुन्छ। संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन,’ सांसद नीधिले भने, ‘त्यहीँबाट प्रमाणित हुनुपर्छ।’
यस विषयमा सरकारले ध्यान दिनुपर्ने सांसद निधिले माग गरेका छन्।
‘नागरिकता विधेयक तत्काल प्रमाणित गर्ने कुरामा सरकार सक्रिय भइदिनुपर्यो,’ सांसद निधीले भने।
संसद्बाट पारित भए पनि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले एक पटक संसदमै फिर्ता गरेकी थिइन् भने अर्को पटक भने कुनै पनि प्रतिक्रया नदिइ छोड्देकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।