काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन समिति बनाउन माग गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा लामिछानेले यस्तो मा गरेका हुन्।
रास्वपा सांसदहरुले उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले सचेतकमार्फत आफ्नो भनाइ राख्न अनुमति दिएसँगै सचेतकले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए।
लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरे। उनले भने,‘भ्रष्टाचारका विषयमा हामीले बारम्बार आवाज उठाउँदै आइरहेका थियौं। तीन राजनीतिक दलहरु खुसुरखुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौं।आज कुनै राजनीतिक दल बाँकी रहेको छैन, जसलाई आरोप लाग्न बाँकी होस्।
राज्यका निकायका मान्छेको नाम आउनु, अनुसन्धान गर्ने धिकारी र त्यसका प्रमुखको नाम आउनु कुनै अँध्यारो कोठा र गल्तीमा भएको क्रियाकलाप नभएको उनले बताए। सभापति लामिछानेले दिनदाहडै, प्रधानमन्त्री कार्यालय बालुवाटार, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएका विषय आइरहेको बताए।
उनले राज्यमा कसलाई विश्वास गर्ने भन्दै यसका लागि विशेष संसदीय समिति बनाएर त्यसको छानबिन गर्नुपर्ने बताए। उनले भने,‘जसजसको नाम आएको छ। तीनको तिनीहरुलाई छानबिनको दायरामा ल्याउन, सोधपुछ गर्न किन डराएको? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो। प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो।उहाँको मुटु कहाँ गएर चेक गर्ने? त्यस कारण नाम मुछिएकाहरुलाई सोधपुछ हुनुपर्यो। कार्बाही हुनुपर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।