काठमाडौं– नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महतोलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्री नियुक्त गरेका थिए।
यस्तै, जसपाकै प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएकी थिइन्।
मन्त्री महतोलाई राष्ट्रपति पौडेलले, राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।