काठमाडौं– प्रतिनिधि सभामा ‘मर्यादित’ पोसाक नलाएको भन्दै सभामुख देवराज घिमिरेले ‘मर्यादित’ पोसाक लगाउन केही दिनअघि निर्देशन दिए। उनको निर्देशन विशेषत रास्वपा सांसदहरुप्रतिको थियो। सभामुखको उक्त निर्देशनको रास्वपा सांसद सुमाना श्रेष्ठ सदनमै विरोध गरिन्।
सो प्रकरणमा एमाले अध्यक्ष केपी ओलीले मुख खोलेका छन्। पार्टी निकट जनसंगठनको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले आक्रोश व्यक्त गरेका छन्।
पार्लियामेन्टमा पोसाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीको भनाइ थियो। उनले सामाजिक मूल्य, मान्यता र संस्कृतिलाई कमजोर पार्दै लगिएको बताए।
उनले भने,‘सामाजिक मूल्य, मान्यता र संस्कृतिहरुलाई कमजोर पार्दैछ। पार्लियामेन्टलाई झाँकि देखाउने मेला जस्तो बनाउँछ। पार्लियामेन्टमा मर्यादित पोसाक लगाएर आऊ भन्यो भने आक्रोश, विरोध गरेर त्यसको अवज्ञा गर्नुमा बहादुरी देख्छ। प्रश्न मर्यादित पोसाकको हो। अनि, मर्यादित स्थलहरुमा, मर्यादित ढंगले मात्रै जान पाइन्छ दुनियाँ जहासुकै पनि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।