काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र सुधारका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त हुने १९.७० मिलियन डलर अनुदान र विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
सरकारको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले उक्त निर्णय भएको जानकारी गराइन्।
‘विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त हुने १९.७० मिलियन डलरको अनुदान र विद्यालय क्षेत्र रुपान्तरणका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरिने भएको छ,’ मन्त्री शर्माले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।