काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री प्रचण्डलाई जहाँ गए पनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलले सुझाव दिएका छन्।
मंगलबारबाट काठमाडौंमा सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सामूदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे।
महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिवीमाथि विजय हासिल गर्ने माध्यामको रुपमा लिएर अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले वन संरक्षणको नाममा स्थानीय समुदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।