काठमाडौं– मंगलबार सेयर बजारले उच्च अंकको फड्को मारेको छ। कारोबार सकिँदै गर्दा सेयर बजारमा ५१.३१ अंकले वृद्धि हुँदा नेप्से परिसूचक १९४२. ६३ कायम भएको छ।
मंगलबार सेयर बजारका सबै उपसूचकहरु वृद्धि भएका छन्। यस्तै, कारोबार रकममा पनि वृद्धि भएको छ। आज २ अर्ब २० करोडको कारोबार भएको छ। यो ३ महिना यताकै उच्च रकमको कारोबार हो।
मंगलबार २१९ वटा कम्पनीको मूल्य वृद्धि हुँदा २ वटा कम्पनीको मूल्यमा गिरावट भएको छ। त्यस्तै, एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।
मंगलबार कारोबार भएकामध्ये कालिका लघुवित्त, खप्तड लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ। सामुदायिक लघुवित्तको मूल्यमा पनि ९.९९ प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।