काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम परम्परागत भन्नु तर्कसंगत नहुने दाबी गरेका छन्।
नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको राष्ट्रिय सभामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्।
विगतका कार्यक्रमहरुकै निरन्तरता दिनुलाई परम्परागत भन्नु नहुने उनको तर्क छ।
‘निश्चय नै यस दस्तावेजमा विगतदेखि कार्यान्व्यन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमहरुलाई निरन्तरता पनि दिइएको छ,’ प्रधानमन्त्रीले भने,‘त्यसकै आधारमा मात्र यसलाई परम्परागत भनेर हल्का टिप्पणी गर्नु तर्कसंगत हुँदैन।’
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा धेरै नयाँ विषयहरु समेटिएको पनि दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।