काठमाडौं– विवादकैबीच मधेस प्रदेशमा सरकार विस्तार भएको छ। मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समावेश गर्दै सरकार विस्तार भएको हो।
नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ पनि लिएका छन्। नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्र प्रसाद सिंह तथा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन्।
यादवले भौतिक पूर्वाधार विकास, सिंहले स्वास्थ्य तथा जनसंख्या र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीकोरुपमा शपथ लिएका हुन्।
भूमि व्यवस्था मन्त्रालय जनमत पार्टीले पाएको थियो। जनमत पार्टीका तर्फबाट बसन्त कुशवाह मन्त्री थिए। कुशवाह पुस २९ पुस गते शुरुमा बिना विभागीय मन्त्री बनेका थिए।
मुख्यमन्त्री सरोजकुमार यादवले पुन: बिना विभागीय मन्त्रीमा पुर्याएपछि जनमत पार्टी असन्तुष्ट भएको छ। कुशवाहले माघ १३ गतेदेखि कृषि मन्त्रालयको जिम्मा पाएका थिए।
मुख्यमन्त्री यादवले कुशवाहको स्थानमा एकीकृत समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।