काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिमा आएको तर्क गरेका छन्।
राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भएको छलफलको क्रममा उठेको विषयको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा दाबी गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले एमालेसहितको गठबन्धन सरकार हुँदै तय गरेको कार्यक्रमहरुमा पछिल्लो गठबन्धनले केही विषय थप गरेर नीति तथा कार्यक्रम आएको दाबी गरेका छन्। त्यसकारण यो विशिष्टरुपमा राष्ट्रिय सहमति बनेको उनको दाबी छ।
‘यो नीति कार्यक्रममा हामी सबैको राष्ट्रिय सहमति भएको छ। यो मौलिक विशेषता दुर्लभ भेटिन्छ। सधैं यस्तो हुँदैन। हामी अहिले सत्तापक्ष र प्रतिपक्षमा त छौं। तर एउटा यस्तो विशिष्ट चरित्र सहितको परिस्थितिमा छौं कि साझा नीति कार्यक्रम सामूहिक रुपमा निर्माण गर्यौं,’ प्रधानमन्त्रीको दाबी छ।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको जगमा नीति तथा कार्यक्रम बनेको हुनाले यसको विरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल नरहेको तर्क प्रस्तुत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।