काठमाडौं– जनमत पार्टीको संसदीय दलका नेता सीके राउतले सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा भइरहेको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै राउतले उक्त टिप्पणी गरेका हुन्।
‘संघीयतालाई सवल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन। माओवादी नेतृत्वको सरकारले यो नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता विरोधी देखिएको छ,’ राउतले भेन, ‘यसप्रति सरकार नीति निर्माताहरु गम्भीर हुन जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।