काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले उक्त प्रतिक्रिया दिएका हुन्।
‘परम्परा धान्न ल्याइएको दस्ताबेज हो र परम्परा धानिएको पनि छ। नवीनता, उर्जा, प्रेरणा र महत्वकांक्षा इत्यादिका कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौँ होला,’ सांसद वाग्लेले भने।
वाग्लेले पछिल्ला १० वर्षमा यस्तै किसिमको नीति तथा कार्यक्रम आउने गरेकोले उत्ताउलो भएर प्रतिक्रिया दिन जरुरी नरहेको बताए।
‘विगत १० वर्ष देखि यस्तै यस्तै नै हो नीति तथा कार्यक्रम। त्यसकारण यसमा धेरै उत्ताउलोपन देखाउनु पर्छ जस्तो लाग्दैन,’ सांसद वाग्लेले भने।
संसद्मा भएको छलफलमा विशेष गरी एमाले र राप्रपापले सरकारले ल्याएको नीति तथा कार्यक्रमको औचित्य नरहेको भन्दै पुनर्लेखन गर्नुपर्ने बताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।