काठमाडौं– प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोखरेलले ज्येष्ठ नागरिकहरुका लागि सामुदायिक अस्पतालमा छुट्टै उपचार कक्षको व्यवस्था गर्न माग गरेकी छन्।
मंगलबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद पोखरेलले भनिन्, ‘ज्येष्ठ नागरिकहरु हाम्रा आदर्श र प्रेरणाका स्रोत हुनुहुन्छ। तर सामुदायिक अस्पतालहरु वा नेपालका ठूला अस्पतालहरुमा हामीले गएर हेर्यौं भने, ज्येष्ठ नागरिकहरुको विचल्ली छ। उपचार गर्न आएका ज्येष्ठ नागरिकहरु उभिन नसक्दा नबस्ने ठाउँ छ। न उहाँहरुलाई अन्य सुविधा छ। ज्येष्ठ नागरिकहरुको उपचारका निम्ति छुट्टै कक्षको व्यवस्था गरि सहुलियत प्रदान गर्न जोडदार माग गर्दछु।’
साथै उनले कृषकहरुले आफ्नो उत्पादनको मूल्य नपाएको भन्दै त्यस्ता किसानहरुलाई सुविधा दिन समेत माग गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।