काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बिहान ११ बजे बस्दै छ। मंगलबारको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु भएको थियो। आइतबार नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाका २० जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका थिए।
सोमबार पनि नीति तथा कार्यक्रममाथि छलफल भएकोमा मंगलबार पनि छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।