• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नीति तथा कार्यक्रम : छलफलभन्दा आरोप–प्रत्यारोपमै समय व्यतित 

64x64
नेपाल लाइभ सोमबार, जेठ ८, २०८०  २०:३८
1140x725

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका थिए।

उक्त नीति तथा कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल भइरहेको रहेको छ। राष्ट्रपति पौडेलले १ घण्टा ४४ मिनेट लगाएर पढेको नीति तथा कार्यक्रममा आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ घण्टा ५२ मिनेट लगाएर समीक्षा गरे। 

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पुनर्लेखन गर्नुपर्ने बताएका थिए। तर, सत्तापक्षका सांसदहरुले सरकारले नीति तथा कार्यक्रम बहुमत भएकै आधारमा ल्याउने भएकाले पुनर्लेखनको अभ्यास संसदीय प्रणालीमा नभएको भन्दै बचाउ गरेका थिए।

त्यसैगरी सोमबारको बैठकमा सत्तापक्षका सांसद एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गरेको टिप्पणीलाई ‘व्यक्तिगत पीडा र व्यथा’को संज्ञा दिए।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपालले ओलीको नाम लिएनन्, तर आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने भन्दै अप्रत्यक्ष रुपमा ओलीको आलोचना गरे। नेपालले ओलीको सो अभिव्यक्ति अरुलाई घोचपेज हुनेगरी आएको भन्दै आलोचना गरे।

सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन नेपालले ओलीलाई सचेत गराए। ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको नेपालले टिप्पणी गरे। 

यस्तै कांग्रेसका सह–महामन्त्री एवमं सांसद जीवन परियारले नीति तथा कार्यक्रम पुनर्लेखनको इतिहास नभएको जवाफ फर्काए। उनले भने, ‘यो नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्री र माननीयज्यूहरुले धेरै विचारहरु प्रस्तुत पनि गरिसक्नु भएको छ। मैले सुने यो काम लाग्दैन पुनर्लेखन गर्नुपर्‍यो भन्ने पनि सुनेँ। हामीले २०७४ सालपछि बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं। हामीले सुनेका छौं। पूर्वअर्थमन्त्रीहरूले पेस गरेको बजेट पनि देखेका छौं। तर अहिलेसम्म पुनर्लेखन गरेको इतिहास पनि छैन।’

त्यसैगरी सत्तापक्ष नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले नीति तथा कार्यक्रम सरकारले चिट चोरेर नल्याएको बताए। उनले अहिलेको नीति तथा कार्यक्रम सत्ता गठबन्धन दलहरुबीचको साझा दस्तावेज भएको बताउँदै केही कुराहरु कमी भए पनि सरकारले चिट चोरेर भने नल्याएको उनले दाबी गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘यसमा केही कुराहरु कमी होलान्। त्यसलाई थपथाप गरेर लैजान पनि सकिन्छ। मलाई थाहा छैन, चिट चोरेको स्वाद कस्तो हुँदो रहेछ। यो चाहिँ सरकारले चिट चोरेर ल्याएको होइन। गठबन्धनमा रहेका दलहरुबीचको साझा दस्तावेजको कार्यक्रम हो।’ सांसद बलायरले उनले हिजोका नीति र कार्यक्रमलाई तुलानात्मक रुपमा हेर्नुपर्ने बताए। उनले हिजोका नीति र कार्यक्रमको निरन्तरता भएको भए असफल हुने जिकिर गरे। 

त्यसैगरी कांग्रेसका अर्का सांसद प्रदीप पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको दाबी गरे। उनले भ्रष्टाचारदेखि उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन अघि बढाउने कुरा राखेपछि सरकारप्रति जनताको आश बढेका दाबी गरे। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लाग्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै सत्ताधारी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै बचाउ गरेका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोल्दै सांसद सापकोटाले एमाले अध्यक्ष केपी ओलीले नीति तथा कार्यक्रमको विरोधका लागि विरोध मात्रै गरेको बताए।

कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समयभन्दा बढी समय संसद्लाई सम्बोधन गरेर छुट्टै नीति तथा कार्यक्रम ल्याउने जस्तो चेष्टा देखाएको आरोप लगाए। 

Xtrem

Xtrem

उनले ०७६/०७७ र ०७८ समेतको नीति तथा कार्यक्रम आफूले संसद्‌मा ल्याएको बताउँदै खतिवडाले ०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा घोषित नीति तथा कार्यक्रममा ‘बारीका पाटा र खेतमा गरा सबै हुन्छन् हराभरा’ भन्ने नारा ल्याएको भए पनि हराभरा कतै नभएको बताए। 

उनले तत्कालीन राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रमको ५८ ठाउँमा मेरो सरकार भन्दै प्रस्तुत गरेको स्मरण गराए। उनले अहिलेको राष्ट्रपतिले मेरो सरकार नभनेकै कारण नीति तथा कार्यक्रम अपूरो भएको हो? भन्दै व्यङ्ग्य गरे।

त्यसैगरी कांग्रेस सांसद राजन केसीले नीति तथा कार्यक्रम पुनर्लेखन हुनुपर्छ भन्ने कुरा दु:खद रहेको बताए। उनले आर्थिक वर्ष ०६७/०७७ र ०७७/०७८ को नीति तथा कार्यक्रमलाई अडिट गर्न सुझाए। उनले सुनधाराबाट टिकट लिएर पानी जहाज चढ्ने, चाइना जान रेल चढेर जाने भन्ने कुरा राखेको र ती सबै काम नलागेको बताए। 

उनले यसअघि ०७४ देखि ०७६ सम्मका नीति तथा कार्यक्रमको मूल्यांकलन गर्नुपर्ने बताए। वाइडबडी, यति, ओम्नी, गोकर्ण काण्डमा प्रतिपक्षी दलको सहभागिता रहेको बताए। उनले नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतीपक्ष हुन नहुने बताए।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा बैठकमा संवैधानिक रुपमा नीति, कार्यक्रम प्रस्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुने भएकाले पुनर्लेखनको माग जायज नरहेको बताए।

‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एक वर्षभित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने नीति तथा कार्यक्रम र योजनाहरू अघि सारिएका छन्। यस्तो अवस्थालाई आश्चर्य मान्नुपर्ने कारण छैन। संवैधानिक रुपमा नीति, कार्यक्रम प्रश्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुन्छ, नीति तथा कार्यक्रमसँग सहमत हुन नसक्ने राजनीतिक पार्टीहरूले प्रस्तुत नीति कार्यक्रम समर्थन गर्ने र विरोध गर्ने अधिकार राख्दछन्’,  उनले भने, ‘संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउ भनेर माग गर्नु संविधानसम्मत छैन।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नीति तथा कार्यक्रमलाई पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएका थिए।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्