काठमाडौं– नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले नीति तथा कार्यक्रम सरकारले चिट चोरेर नल्याएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद बलायरले यस्तो बताएका हुन्।
उनले अहिलेको नीति तथा कार्यक्रम सत्ता गठबन्धन दलहरुबीचको साझा दस्तावेज भएको बताए। केही कुराहरु कमी भए पनि सरकारले चिट चोरेर भने नल्याएको उनले दाबी गरे।
उनले भने, ‘यसमा केही कुराहरु कमी होलान्। त्यसलाई थपथाप गरेर लैजान पनि सकिन्छ। मलाई थाहा छैन, चिट चोरेको स्वाद कस्तो हुँदो रहेछ। यो चाहिँ सरकारले चिट चोरेर ल्याएको होइन। गठबन्धनमा रहेका दलहरुबीचको साझा दस्तावेजको कार्यक्रम हो।’
सांसद बलायरले उनले हिजोका नीति र कार्यक्रमलाई तुलानात्मक रुपमा हेर्नपर्ने बताए। उनले हिजोका नीति र कार्यक्रमको निरन्तरता भएको भए असफल हुने जिकिर गरे। उनले सफलताका लागि नीति तथा कार्यक्रम कार्यान्यनमा हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।