काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरुले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाईमा पुग्न सम्भव नहुने बताएका छन्।
आइतबार बिहान अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिद्वारा कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवम् विद्यान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिलाहरु एकताबद्ध हुनुपर्ने बताए।
प्रधानमन्त्रीले देशमा ठूलो राजनीतिक परिवर्तनकाबाहक नेपाली श्रमजीवी महिला रहेको बताउँदै माओवादी क्रान्तिकारीहरु एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि ०६४ साल कै अवस्थामा पुग्नसक्ने स्पष्ट पारे। अहिले गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरु एकजुट हुनु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।