काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन्।
आइतबार सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद गौतमले देशका विभिन्न आयोजनाहरु मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ति समस्याहरुलाई समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी हुन्।
उनले रैथाने बाली, बिउबिजन, नश्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरुलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताइन्।
त्यसैगरी कृषि, पशुपक्षी र खाद्यसम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गरी यस्ता वस्तुहरुको ओसार–पसार हुने सबै भन्सार बिन्दु र मुख्य सहरहरुमा प्रयोगशाला स्थापना हुनुपर्ने उनको भनाइ छ।
उनले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचीमा समावेश गर्नसमेत आग्रह गरिन्। विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँहरुमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उनले जोड दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।