काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। आइतबार सेयर बजार ५.८८ अंकले बढेर १८८३.२० बिन्दुमा कायम भएको छ।
आइतबार ९३ कम्पनीको मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य भने घटेको छ र १३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
यस्तै, कारोबार रकम भने पछिल्लो हप्ताको तुलनामा बढेको छ। आइतबार करिब १ अर्ब ६० करोड रुपैयाँको कारबोर भएको छ।
आइतबार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा १० प्रतिशत बढ्दै सकारात्मक सर्किट लागेको छ। यस्तै, विकास बैंक, वित्त, जलविद्युत्, उत्पादन र प्रशोधन उपसूचकहरु घटेका छन् भने बाँकी उपसूमहहरु बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।