काठमाडौं– नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने, निर्दोष फसाउने प्रयास भइरहेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै एमाले अध्यक्ष एवम् संसदीय दलका नेता ओलीले उक्त आरोप लगाएका हुन्। आफूहरु भ्रष्टचारको विरुद्धमा रहे पनि अहिले दोषी उम्काउन खोजेको ओलीको भनाइ छ।
‘हामी सधैं भ्रष्टचारको विरुद्धमा छौँ। कोही पनि दोषी छुट्नु हुँदैन। तर अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहान्छु,’ अध्यक्ष ओलीले भने,‘दोषी उम्काउने, निर्दोष फसाउने यस प्रकारको प्रयास नगर्दा हुन्छ।’
नक्कली शरणार्थी प्रकरणमा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझीका साथै कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण मुछिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।