काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१२ मै केही मान्छे नक्कली शरण्णार्थी बनेर गएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा अध्यक्ष ओलीले उक्त दाबी गरेका हुन्। ‘सन् २०१२ मा मैले सुनेको छु। त्यसबेला केही मान्छेहरु छिरे भन्ने मैले सुनेको छु। त्यो छानबिन गर्नु पर्यो। खोजी गर्नु पर्यो,’ ओलीले भने।
सरकारले यो प्रकरणमा ‘जुँगामा ताउ लगाएको’ भन्दै त्यसको औचित्य नरहेको ओलीले टिप्पणी गरेका छन्। ठूलो संख्यमा ठगी धन्दा भएकोले यो स्वत: विस्फोट भएर आएको ओलीले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।