काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। नीति तथा कार्यक्रममा बिमला राई पौडेल, बिमला घिमिरे र तुलसाकुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
पौडेलले विभिन्न शीर्षकममा विस्तृत् संशोधन प्रस्ताव राखेकी छन्। यसैगरी दाहालले कृषि क्षेत्र, वित्तीय हस्तान्तरण र स्थानीय तहसम्बन्धी केही नीतिमा संशोधन राखेकी हुन्।
यसैगरी घिमिरेले रासायनिक मल सुनिश्चितता गर्नेगरी नीति तथा कार्यक्रम हुनुपर्ने उल्लेख गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।