काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेक सम्बन्धमा काँतर मन र चिसो पन हुनु नहुने बताएका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार प्रतिनिधि सभाको बैठकमा चलिरहेको छलफलमा भाग लिँदै ओलीले उक्त कुरा बताएका हुन्।
सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइतबारबाट छलफल सुरु भएको छ।
‘एउटा कुरा के बुझ्नु पर्यो परराष्ट्र सम्बन्धमा भने, भारत छिमेकी राष्ट्र हो। र मित्र राष्ट्र हो। मित्रसँग आफूलाई लागेको कुरा, आफूलाई परेको समस्या खुलस्त पार्न किन नसकेको? खुलस्त कुरा नगरी समस्या कसरी समाधान हुन्छ,’ ओलीले भने, ‘चिसो पन राख्नु भएन। काँतर मन पनि राख्नु भएन। काँतर मन र चिसो पन हुनु भएन। मित्रसँग मित्रतापूर्ण ढङ्गले कसरा राख्नु पर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।