काठमाडौं– नेकपा एमालेले अर्थतन्त्र संकटको डिलमा पुर्याउनलाई नै कांग्रेस–माओवादी गठबन्धन बनेको आरोप लगाएको छ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उक्त आरोप लगाएका हुन्।
‘नेकपा एमालेलाई विस्थापन गरी बनेको कांग्रेस–माओवादी केन्द्र सहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्याउने प्रमुख कारक हो,’ अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘के यहि दिन ल्याउनका लागि, देशलाई ओरलो लाउनका लागि, अर्थतन्त्र ध्यस्त बनाउनका लागि यो गठबन्धन बन्नु परेको थियो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।