काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला २ वर्षमा देशको अवस्था खस्केको बताएका छन्। नीति तथा कार्यक्रममा त्यस्तै कुरा उल्लेख भएको बताउँदै आफ्नो सरकार रहेका बेला तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने १० देशको सूचीमा नेपाल रहेको ओलीले दाबी गरे।
उनले भने, ‘३ वर्षमा सरदर ६ दशमलव ५ प्रतिशतले बढेको थियो। बेलायतबाट ‘द इकोनमिस्ट’ पत्रिकाले सन् २०१९ मा विश्वका १० मुलुकु समावेश गरेको थियो। २ वर्षमै यति तीव्र गतिमा नेपालको दुर्गति कसरी भयो? नागपासा खेलेझैं ९९ बाट दुईमा कसरी झार्नुभयो?’
हरेक सरकार समस्या समाधानका लागि बनेका हुने उल्लेख गर्दै ओलीले अनेक कारण देखाएर पन्छिन नपाउने बताए। उनले थपे, ‘विकासका समस्या शान्ति र सेवाका समस्या हुन्छन्। सरकार समस्या समाधानकै लागि बन्ने हो। समस्यालाई दोष लगाएर सरकार उम्किन मिल्छ? अर्थतन्त्र ध्वस्त बन्न गठबन्धन बन्नुपरेको हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।