काठमाडौं– आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आलोचनात्मक टिप्पणी गरेको छ। नीति तथा कार्यक्रममा सरकार प्रर्णरुपमा चुकेको र असपल भएको एमालेको समीक्षा छ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबारको प्रतिनिधि सभाकमा उक्त टिप्पणी गरेका हुन्।
‘संविधानले प्रत्याभूत गरेको रोजगारी, आवास लगायतका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्ण रुपमा चुकेको छ। असफल भएको छ,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले पछिल्लो निर्वाचनमा वर्तमान गठबन्धनले गरेको वाचाहरु र नीति तथा कायर्य्रमलाई दाँजेर अध्ययन गर्दा तालमेल नमिलेको बताए।
‘निर्वाचनमा जनतासँग मत माग्दा खास गरी नेपाली कांग्रेस र नेकपा माओवादी सहितका गठबन्धनले गरेको वाचाहरुको संग्रहित घोषण पत्र र त्यसपछिको पहिलो नीति तथा कार्यक्रमको तुलनात्कम लेखाजोखा पनि गरेँ,’ ओलीले भने, ‘तर मैले भन्नै पर्ने भयो। यो दस्तावेजले ती भावनाहरुलाई आत्मसाथ गर्न सकेका छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।