काठमाडौं– नेकपा एमालेकी सांसद उर्मिला थेवेले बन्द रहेको ताप्लेजुङ्ग र चीनको तिब्बतबीचको ओलाङचुङगोला नाका खुलाउन सरकारसँग माग गरेकी छन्। कोभिड १९ को कारण बन्द भएको उक्त नाका नाका अझैसम्म खुल्न सकेको छैन।
सोही विषयलाई लिएर सांसद थेवेले आइतबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा सरकारको ध्यानआकर्षण गराएकी हुन्। सो नाका बन्द भएकोले त्यहाँका बासिन्दाको दैनिकी कष्टकर भएको भन्दै सांसद थेवेले सरकारको ध्यानाकर्षण गराएकी हुन्।
‘नाका नखुल्दा सीमावर्ती, गोला, लेलेप र याङ्मा क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको छ। ओलाङचुङगोला र याङ्मा गाउँ मात्र नभएर आसपासका ५, ७ हजार मानिसका लागि तिप्ताला नाका जीवनको आधार बनेको थियो,’ सांसद थेवेले भनिन्, ‘ताप्लेजुङ्गको हिमाली क्षेत्रका नागरिकको चरम आर्थिक संकटलाई निराकरण गर्न सरकारी तवरबाट चीनसँग कूटनीतिक छलफल गरी ओलाङचुङगोला नाका अविलम्ब खुलाउन सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।