काठमाडौं– विभिन्न माग राख्दै अनसनमा बसेका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले अनसन तोडेका छन्।
बर्दियाका–१ बाट निर्वाचित सांसद गौतमले आठौं दिनमा आमरण अनसन तोडेका हुन्। बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनसन बसेका गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनसन तोडेका हुन्।
अनसन तोडे पनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना भएका छन्।
पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुँदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि गौतम अनसन बसेका थिए।
गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला शनिबार बारबर्दिया नगरपालिका–११ स्थित अनसनस्थलमा नै गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।